बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकको ११ औं एक्सटेन्सन काउण्टर विस्तार

बिहीबार, ०५ फागुन २०७८, १६ : ४४
बिहीबार, ०५ फागुन २०७८

लक्ष्मी बैंकले ११ औं एक्सटेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित झुलनेटामा स्थापना गरेको छ । बैंकले वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ । यस नयाँ एक्सटेन्सन स्थापना सँगै बैंकको सञ्जाल अब ५० जिल्लामा १४१ शाखा, ११ एक्सटेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्ट पुगेको छ ।

बैंकले अझ सुदृढ सेवाका लागि बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवा बढाउने बताएको छ । यो विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्तपार्ने नीतिअनुरुप फड्को मार्ने विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप