मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

क्यालिब्रेशन फ्लाइटका लागि एरो थाईको जहाज नेपाल आइपुग्यो, भोलिदेखि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान हुने

बिहीबार, ०५ फागुन २०७८, १६ : २६
बिहीबार, ०५ फागुन २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीबार अपराहन्न २ः५० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए । 

परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै ४ः४५ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।
एरो थाईको जहाज बिहीवार बंगलादेशको ढाका हुँदै काठमाडौँ आएको हो । जहाजले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ गर्नेछ । करिब एक साता हुने परीक्षण उडानमा आन्तरिक उडान प्रभावित हुने भैरहवा विमानस्थल जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप