बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जेनेशले जुटायो दोस्रो चरणको लगानीः कुल लगानी १० लाख अमेरिकी डलर

बिहीबार, ०५ फागुन २०७८, १६ : १६
बिहीबार, ०५ फागुन २०७८

विजनेश अक्सिजन लिमिटेडले जेनेश सोलुसन लिमिटेडमा १० लाख अमेरिकी डलर लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख डलर प्राप्त गरेको हो ।
विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । आशाजनक प्रतिफल र सम्भावनाहरु भएका कारण जेनेसलाई विश्वभर डिजिटल रुपान्तरणको उदीयमान कम्पनीको रुपमा स्थापित गराउन विजनेश अक्सिजनले थप लगानी गरेको हो ।  

विजनेश अक्सिजन नेपालको पहिलो निजी ‘इक्विटी फण्ड’ हो । यो इन्टरनेशनल फाइनान्स कर्पोरेशन(आईएफसी) को ग्लोबल एसएमई भेनचर इनिसिएटिभको एउटा अंग हो । यसमा आईएफसीको वल्र्ड बैंक ग्रुप, क्लाइमेट इनभेस्टमेन्ट फण्ड(पीपीसीआर) र एफसीडीओको लगानी छ । यो लगानी लाई ह्वाइट लोटस लिमिटेडको सहायक कम्पनी डब्लुएलसी भेनचर लिमिटेडले व्यवस्था गरेको छ । 

विजनेश अक्सिजनबाट दोस्रो चरणको लगानी भित्र्याउदा पाउदा खुसी लागेको जेनेसका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत अञ्जली फुयाँलले बताए । साथै, यसले हामी सही मार्गमा रहेको देखाउँछ । यो लगानीले हामीलाई अझै बलियो र प्रतिस्पर्धी टिम बनाउन सहयोग गर्नेछ । हाम्रो उद्देश्य नेपालमा बलियो प्रविधिक संशाधन विकास गरि डिजिटल रुपान्तरणमा सहयोगी बन्नु रहेको उनले बताए । 
 
विजनेश अक्सिजनबाट लगानी आउसँगै जेनेसले आफूलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनमा ध्यान केन्द्रित गर्नेछ । नेपालमा आउने लगानीलाई हाम्रा जनशक्तिको क्षमता अभिवृद्वि र यहि अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धी प्राविधिक जनशक्ति विकास गर्ने कार्यमा प्रयोग गरिन्छ । नेपाल अन्य मुलुकमा गरी एक हजार बढी व्यवसायीको डिजिटल रुपान्तरणमा सहयोग गरिसकेको छ । नेपाल सहित ८ मुलुकमा यसको कार्यालय छन् । क्लाउड सेवासँगै जेनिसले उच्चस्तरको डेटा सुरक्षा अडिट र डिजिटल मार्केटिङमा पनि सेवा ग्राहीलाई सहयोग गरिहेको छ ।
 
आइटी उद्योगले पछिल्लो समय निकै फस्टाएको क्षेत्र हो, महामारी समयमा यसको महत्व अझै बढी देखएको छ । अब हरेक व्यवसाय र संस्थाले प्रविधिसँग जोडिनुको विकल्प छैन । विजनेश अक्सिजनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सिद्वार्थराज पाण्डे भन्छन्‘ जेनेशमा हाम्रो लगानी टिममा हाम्रो विश्वासलाइृ देखाउँछ,नेपाललाई बलियो आईटी हब बनाउने न.जेनेसको उद्वेश्यमा सहभागी बन्न पाँउदा खुसी लागेको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप