राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक

सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो ।
रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताइन् । उनले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धि सेवामा समावेशी , समतामूलक तथा पहँुच योग्य बनाउन सहयोग पुग्ने बताए । राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिकसँगै आजदेखि कार्यान्वयनमा पनि आएको बताइन् ।
सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताइन् । रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने ,एचआईभी संक्रमण न्युनिकरण ल्याउने लक्ष्य लिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म