बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो प्रतिष्ठान : मुख्यमन्त्री राउत

बिहीबार, ०५ फागुन २०७८, १५ : ४४
बिहीबार, ०५ फागुन २०७८

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलो  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको बताएका छन् । बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलोको रुपमा प्रतिष्ठान अघि बढेको बताए । 

प्रतिष्ठानको एक वर्ष भित्रमा ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको संचालन र विशिष्टिकृत सेवाको संचालन गर्नु स्वागत योग्य रहेको भन्दै प्रशंशा समेत उनले गरे । 
प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको प्रयासलाई सराहना गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा प्रतिष्ठानको उद्देश्य प्राप्तिको दिशामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको भन्दै प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भई सकेको र विरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा रहेको बताए ।

प्राविधिक शिक्षा सम्बन्धि विधेयक समेत संसदमा विचाराधीन रहेकोले एक महिना भित्रै पास हुने बताए । उनले विधेयक पास भए लगत्तै प्रदेश भरिका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्यापन सहज हुने उनले बताए ।

गुठी मातहत रहेको जग्गा हाल मणिपालले लिजमा लिएको भएपनि जग्गा प्राप्तीको प्रक्रिया प्रदेश सरकारले शुरु गरिसकेको बताउदै उनले प्रतिष्ठान अन्यत्र नसर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप