शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सकेसम्म यो गठबन्धन बचाउँछौँ : अध्यक्ष प्रचण्ड

बिहीबार, ०५ फागुन २०७८, १५ : ३२
बिहीबार, ०५ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् ।

‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने ? भन्नेमा छौ ।’

एमसीसीमा कुरा नमिले माओवादीले सरकार छोड्ने हो ? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले संयन्त्रको बैठकबाट टुङ्गो लाग्ने बताए । ‘आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ । सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’तीन नेताको छलफलमा गठबन्धनको बैठकका एजेण्डाबारे छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप