नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्बमा खुम्चियो

बिहीबार नेप्से सूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन झण्डै २० अंकले घटेर २७ सय ३४ अंकमा झरेको बजारमा बिहीबार थप १.९३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.९३ अंकले घटेर २७ सय ३२.५२ अंकमा झरेको छ । यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज स्थिर रहेको छ ।
त्यसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज करिब २ अंकले घटेको बजारमा कारोबार रकम समेत घटेर २ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेकाअनुसार यस दिन ४० लाख १७ हजार कित्ता सेयर बजारमा ३४ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन यस्तो कारोबार १९ अंक माथिले घटेको बजारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको भएको थियो । आज ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, अन्य र म्युचुअल फन्ड बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर