बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको निर्णायक बैठकअघि प्रचण्ड–माधव छलफलमा

बिहीबार, ०५ फागुन २०७८, १५ : ०६
बिहीबार, ०५ फागुन २०७८

पाँच दलीय सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो ।

भोलि बस्ने संसद बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रधानमन्त्रीको तयारी छ । तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा अघि बढाउन नहुने अडान राख्दै आएको छ ।  एमसीसीबारे एकीकृत समाजवादी पनि माओवादीकै लाइनमा उभिएको छ । यद्यपि उसले संस्थागत निर्णय भने गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप