काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि सारियो
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको अनुरोधअनुसार १३ गतेको कार्यतालिका संशोधन गरिएको बताए । निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन र महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताए।
‘ १३ गते मधेशका जिल्लाहरूबाट महेन्द्रनारायण निधिको जन्मदिनमा नगरौं भन्ने कुरा आयो,’ उनले भने, ‘ यता नेपाल बारको सम्मेलनले निर्वाचन अधिकृतलाई पनि समस्या हुने भएपछि सारिएको हो ।’
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा