शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

बिहीबार, ०५ फागुन २०७८, १४ : २६
बिहीबार, ०५ फागुन २०७८

काठमाडौं बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय विकास तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सनाखत हुन बाँकी रहेको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।  बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो । 

दुर्घटना पश्चात बससहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप