निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता
‘सामाजिक एकता पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो ।
यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए । उनले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गरे ।
अध्यक्ष गहतराजले भने, ‘संविधानको रक्षा गर्ने, धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा हुने र समाजमा विद्यमान सबै खालका विभेदहरुको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने मुख्य उद्देश्यका साथ यो पार्टी निर्वाचन आयोगको दर्ता गरिएको हो । म यस अवसरमा धर्म निरपेक्षताका पक्षधर सबैलाई यो पार्टीको पक्षमा उभिन आग्रह गर्दछु ।’ अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई संचालन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’