शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बेलायतबाट फर्केका युवाले खोले ‘कोशेली थकाली’

बिहीबार, ०५ फागुन २०७८, १३ : २४
बिहीबार, ०५ फागुन २०७८

बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्मका काम गरेर फर्केका नेपाली युवा विनय गौतमले ‘कोशेली थकाली’ रेष्टुरेन्ट खोलेका छन्  । ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि अवसरको खोजीमा बेलायत छिरेका थिए । बेलायतमा रहँदा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गरेका विनयले काठमाण्डौको शंखमुलस्थित आलोकनगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट खोलेका हुन् । विनयले बेलायतको अनुभवले उक्त रेष्टुरेन्टमा सेवा दिने पनि उल्लेख गरे । स्वदेशमा नै केही गरौँ भन्ने उद्देश्यले खोलेको उक्त रेष्टुरेन्टमा ९ जनालाई रोजगारी दिनेछन् । 

चर्चित नेपाली थकाली ब्राण्डलाई प्रमोशन गर्ने हिसावले थकाली रेष्टुरेन्ट खोलेको उनी सुनाउँछन् । भन्छन् ‘अर्ग्यानिक हिसाबको थकाली खाना र सेकुवा ‘कोशेली थकाली’को मुख्य पहिचान हुनेछ ।’ त्यसका साथै आफनो रेष्टुरेन्टमा ढिँडो, कालिजको मासु, खसीको भुटन र टाउको, मम, चाउमिन, पेय पदार्थ लगायत नेपालमा चलिआएका धेरैजसो आइटम पाइने बताए । विनय भन्छन् ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रमाइज गर्नेछैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ ।’ 

अर्ग्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफनो मुल लक्ष्य रहेको उनले सुनाए । उनले विद्यार्थीलाई १० प्रतिशत छुट रहेको पनि सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप