निर्देशक रेशराज आचार्यको निधन
वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिएको छ ।
‘म आचार्यको निधनको खबर सुनेर पशुपति पुगेको थिए’ अध्यक्ष दाहालले भने, ‘म पुग्दा परिवारले त अन्तिम संस्कार गरिसकेको रहेछ ।’ आचार्य २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’ बाट निर्देशन होमिएका थिए । त्यसपछि ‘प्रीतिको फूल’ लगायत केही फिल्म निर्देशन गरेका आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल हिट मानिएको छ ।
आचार्यका श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् । आचार्यको निधनमा निर्देशक समाजले १३ औं दिन कार्यक्रम आयोजना गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट