अमेरिकामा ‘रबर सिटी’ को छायांकन सुरु
बिहीबार, ०५ फागुन २०७८, १२ : २१
विनोद पौडेलको निर्देशन रहने फिल्म ‘रबर सिटी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिए ।
भुटानी शरणार्थीको कथामा निर्माण हुन लागेको फिल्म ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ । छायाँकनको लागि एक महिनाको समय तालिका छुट्याइएको छ ।
सुशांक मैनालीको मुख्य भुमिका रहने फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका रहनेछ । फिल्मका केही अमेरिकी कलाकार समेत रहनेछन् । निर्देशक पौडेलले यस अगाडि सफल फिल्म ‘बुलबुल’ बनाएका थिए । ‘रबर सिटी’ले भुटानी शरणार्थीको जीवनमा आउँने उतारचढावको कथा भन्ने पौडेलको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक