बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको नयाँबजारबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

बिहीबार, ०५ फागुन २०७८, १२ : १५
बिहीबार, ०५ फागुन २०७८

काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका-३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका-६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम छन् ।

बुधबार दिउँसो प्रहरीले उनीहरुलाई १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट पक्राउ गरेको थियो ।

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप