सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

लमजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ३२ विद्यालय छनोट

बिहीबार, ०५ फागुन २०७८, ११ : ५८
बिहीबार, ०५ फागुन २०७८

यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने छन्  ।

जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ , सुन्दरबजार नगरपालिकामा पाँच, मध्य नेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा– आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मर्स्याङ्दी गाउँपालिकाका–३ विद्यालय छनोट भएका छन्  । 

क्व्होलासोथर गाउँपालिकाका विद्यालय भने  छनोटमा  नपरेका बताएको छ । ती  विद्यालयमा दुई कोठे र चार कोठे निर्माण, प्रयोगशाला स्थापना, आइसिटीका लागि बजेट विनियोजन भएको छ । आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ, दुई कोठे भवनका लागि १८ लाख, चार कोठे भवनका लागि ३६ लाख, प्रयोगशालाका लागि १० लाख  बजेट विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप