पाल्पामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
बिहीबार, ०५ फागुन २०७८, ११ : ४७

पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ४२ बर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका चालक पाल्पा–५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । बुधबार राति ९ बजे प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउट नै नभई क्रिज छाडेर पेभेलियन फर्किएपछि ईशान किशनको चर्को आलोचना
-
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ
-
शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’