विभागले तोक्यो भन्सार एजेन्टको परीक्षा केन्द्र
बिहीबार, ०५ फागुन २०७८, ११ : ३७

भन्सार विभागले भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको छ । विभागले यही फागुन २८ गते दिउँसो २ बजेदेखि सुरू हुने भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हो । विभागले विसं. २०७७ साल चैत महिनामै ३६० जना भन्सार एजेन्ट माग्दै आवेदन खुलाएको थियो । तर, जेठ र मंसिरमा तोकिएको दुई पटकको परीक्षा मिति कोरोना महामारीका कारण पछाडि धकेलिँदै आएको थियो ।
लोकसेवा आयोगले काठमाडौं उपत्यकाका ४५ केन्द्र तोकेको छ । लिखित परीक्षामा उत्तीर्ण भएपछि मौखिक परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान छ । त्यसका लागि विभागको वेबसाइटबाटै प्रवेश पत्र लिन सकिने व्यवस्था मिलाइएको छ ।
दुवै परीक्षा पास भएको ९० दिनभित्र बापत ७ हजार र धरौटीमार्फत ७ लाख रुपैयाँ विभागलाई बुझाउनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी