‘म यस्तो गीत गाउँछु २’ ले प्रचारका लागि बनायो दुई भाषामा गीत
पछिल्लो समय निर्माता फिल्म प्रचारका लागि नयाँ शैली अपनाउन थालेका छन् । यस्तैमा १३ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि प्रचारका लागि थारु र नेवारी गरेर दुई भाषामा प्रमोसनल गीत बनाएको छ ।
राजधानीमा एक कार्यक्रमका बीच दुबै गीत सार्वजनिक गरेको छ । जसमध्ये सार्वजनिक थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको स्वर छ भने गायक योगीकै शब्द तथा संगीत छ । चितवनमा छायाङ्कन भएको गीतमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा पनि देखिएका छन् ।
त्यस्तै नेवारी भाषाको गीतमा पनि गायक योगीकै शब्द तथा संगीत छ । नेवारी कला संस्कृतिसहित छायाङ्कन भएको गीतमा कलाकारको पल र पूजा पनि देखिएका छन् । कार्यक्रममा निर्देशक सुदर्शन थापाले फिल्म प्रमोसनका लागि धेरै भाषामा गीत बनाउने लक्ष्य भएपनि कोरोनाको कारण नसकिएको बताए ।
पल र पूजाले भने फिल्ममा पहिलोपटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । गीतले थारु र नेवारी समुदायलाई हलसम्म आकर्षित गर्न मद्दत गर्ने बताए । फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय छ ।
बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म पूजा शर्मा र सुदर्शनले मिलेर बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज