रोमियो ट्र्याप : १८ महिलालाई विवाह गरेर करोडौं ठग्ने व्यक्ति यसरी समातिए
आफूलाई कहिले डाक्टर त कहिले केन्द्रीय स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी बताएर १७ महिलालाई आफ्नो जालमा फसाएर उनीहरुसँग विवाह गर्ने र पैसा ठग्ने एक धूर्त व्यक्तिलाई भुवनेश्वरी प्रहरीले पक्राउ गरेको छ ।
६६ वर्षका रमेश चन्द्र स्वाईंलाई अबेर राती भुवनेश्वरीको खन्डगिरी इलाकाको एक अपार्टमेन्टबाट पक्राउ गरियो र सोमबार त्यहाँका सब डिभिजनल ज्युडिशियल मजिस्ट्रेटले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।
चिल्लो चाप्लो कुराले महिलालाई फसाउले रमेशमाथि ८ राज्यका १७ महिलाले धोकायुक्त विवाह गरेको र उनको पैसा ठगेको आरोप लगाएका छन् । यी १७ महिलामा चार ओडिशाबाट, तीन–तीन असम र दिल्लीबाट, दुई दुई मध्य प्रदेश र पञ्जाबबाट र एक–एक उत्तर प्रदेश, झारखण्ड र छत्तिसगढबाट हुन् ।
भुवनेश्वरीका डिसीपी उमाशंकर दासले बीबीसीसँगको कुराकानीमा रमेशले यी १७ जना बाहेक अन्य थुप्रै महिलालाई पनि आफ्नो जालमा फसाएको हुनसक्ने सम्भावना रहेको बताइन् ।
उनले भनिन्, ‘१७ मध्ये तीन महिलाबारे जानकारी हामीले रमेशको गिरफ्तारीपश्चात् पाएका हौँ । यी तीनमध्ये एक ओडिशा, एक छत्तिसगढ र एक असममा बस्ने हुन् र तीनले उच्च शिक्षा प्राप्त गरेका छन् । हामीले उनीहरुलाई सोधपुछ गरेर यी १७ बाहेक उनले कुनै अन्य महिलालाई पनि आफ्नो जालमा त फसाएका छैनन् भन्ने जानकारी लिनेछौँ ।’
दासका अनुसार रमेशलाई उनको कृत्यबारे थप जानकारी हासिल गर्नका लागि भुवनेश्वरी महिला थानाको प्रभारीको नेतृत्वमा तीन सदस्सीय दल गठन गरेको बताए । रमेशको मोबाइल फोनलाई फरेन्सिक जाँचका लागि पठाइनेछ र उनको आर्थिक लेनदेनबारे पनि अनुसन्धान गरिनेछ ।
कसरी पक्राउ परे रमेश ?
रमेशको गिरफ्तारीबारे जानकारी दिँदै डिसिपी दासले भने, ‘हामी थुप्रै दिनदेखि यी व्यक्तिको खोजीमा थियौँ र हामीले उनलाई पक्राउ गर्नका लागि जाल बिछ्याएका थियौँ । तर उनी थुप्रै महिनादेखि भुवनेश्वरीभन्दा बाहिर बसिरहेका थिए र उनले आफ्नो मोबाइल नम्बर पनि फेरेका थिए । त्यसैले उनलाई पक्राउ गर्न सम्भव हुन सकेको थिएन । अन्ततः आइतबार हामीले एक स्रोतबाट थाहा पायौँ कि उनी भुवनेश्वरी आएका छन् र हामीले उनलाई त्यसै रात उनको खन्डगिरीमा भएको अपार्टमेन्टबाट पक्राउ गर्यौँ ।’
भुवनेश्वरी प्रहरीले जुन मामिलामा रमेशको खोजी गरिरहेका थिए, त्यो मुद्दा उनीद्वार ठगिएका १७ महिलामध्ये एकले दर्ता गरेकी थिइन् । दिल्लीको एक स्कूलमा पढाउने महिला रमेशकी अन्तिम शिकार थिइन् ।
आफूले आफैंलाई स्वास्थ्य मन्त्रालयका उप महानिर्देशक बताउँदै रमेशले यी महिलासँग सम्बन्ध जोडे र सन् २०२० मा कुबेरपुरीको आर्य समाज मन्दिरमा उनीसँग विवाह गरे । केही दिन दिल्लीमा बसेपछि रमेश आफ्नी नयाँ दुलहीलाई लिएर भुवनेश्वरी आए र खन्डगिरीमा एक अपार्टमेन्टमा बस्न थाले ।
भुवनेश्वरीमा बस्दा दिल्लीकी यी महिलालाई थाहा भयो कि रमेश पहिले देखि नै विवाहित हुन् । यसबारे पूरा जानकारी हासि गरेपछि उनले ५ जुलाई सन् २०२१ मा भुवनेश्वरीको महिला थानमा रमेशविरुद्ध उजुरी दर्ता गरिन् र आफू भने दिल्ली फिर्ता भइन् ।
भुवनेश्वरी प्रहरीले रमेशविरुद्ध मुद्दा दर्ता गर्यो र उनको खोजी सुरु गर्यो । तर रमेशलाई सायद यो कुरा थाहा भयो, उनले आफ्नो मोबाइल नम्बर फेरिदिए र भुवनेश्वरीबाट बाहिरिए ।
प्रहरीका अनुसार यतिबेला उनी गुवाहाटीमा बस्ने आफ्नी एर्की एक श्रीमतीसँग बसे ।
सात महिनापछि रमेश स्थिति नियन्त्रणमा आयो होला भनेर भुवनेश्वरी फर्किए । तर उनलाई थाहा थिएन कि उनकी दिल्लीमा बस्ने श्रीमतीले त्यहाँको सूचनाका लागि एक व्यक्ति खटाएकी थिइन् । तिनै व्यक्तिले रमेश खन्डगिरी फ्ल्याटमा फिर्ता हुने बित्तिकै उनलाई खबर गरिदिए । महिलाले तत्कार यो जानकारी भुवनेश्वरी प्रहरीलाई दिए र अन्ततः वर्षौंदेखि महिला र पुलिसलाई झुक्याएर भाग्ने रमेश प्रहरीको फन्दामा परे ।
पहिलो शिकारः
ओडिशाको केन्द्रापाडा जिल्लाको पाटकुराका निवासी रमेशको पहिलो विवाह सन् १९८२ मा भएको थियो । आफ्नी जेठी श्रीमतीबाट उनका तीन सन्तान छन् । तीनैजना डाक्टर छन् र विदेशमा बस्छन् ।
आफ्नो पहिलो विवाहको पूरा २० वर्षपछि सन् २००२ मा उनले आफ्नो पहिलो शिकारलाई आफ्नो जालमा फसाए । प्रहरी स्रोतका अनुसार उनको जालमा फस्ने यी महिला झारखण्डमा बस्थिन् र ओडिशाको बन्दरगाह नगर पारादीपमा एक नीजि कम्पनीद्वारा चलाइएको एक अस्पतालमा डाक्टर थिइन् ।
केही दिनपछि यी महिलाको ट्रान्सफर इलाहाबादमा हुँदा रमेश पनि त्यहाँ गएर ती ‘श्रीमती’ सँग बस्न थाले र उनलाई फकाईफुल्याइ गरी बीच बीचमा उनीबाट पैसा र गहना लिन थाले ।
भुवनेश्वरी प्रहरीले अहिलेसम्म प्राप्त जानकारीका अनुसार रमेशले दिल्लीकी आफ्नी शिक्षिका श्रीमतीबाट १३ लाख र सेन्ट्रल आर्म्ड प्रहरीकी एक महिला अधिकारीबाट १० लाख भारु ठगी गरेका थिए । उनको अन्य ठगीबारे प्रहरीले जानकारी जुटाइरहेको छ ।
महिलालाई कसरी फसाउँथे ?
असाध्यै चलाख रमेश आफ्नो शिकार निकै सावधानीले छान्दथे । आफ्नो शिकार खोज्नका लागि उनी धेरैजसो मेट्रिमोनियल साइटको सहारा लिने गर्दथे । उनी यस्ता महिलालाई मात्रै छान्दथे जसको उमेर बढी भएपछि पनि विवाह भएको थिएन वा जसको सम्बन्धविच्छेद भएको छ वा जो श्रीमानबाट अलग्गिएर एक्लै बसिरहेका छन् । तर आफ्नो शिकार निश्चित गर्नेबेला उनी महिलाको जागिर पनि याद गर्ने गर्दथे । जसले धेरै पैसा कमाउँछन् उनीहरुलाई मात्रै उनले आफ्नो शिकार बनाउँथे ।
आफ्नो टार्गेट निश्चित गरेपछि रमेश मेट्रिमोनियल साइटमार्फत् उनीहरुसँग सम्पर्क स्थापित गर्दथे । त्यसपछि उनीहरुसँग आफ्नो चिल्लो चाप्लो कुराले उनीहरुको विश्वास जित्ने गर्दथे ।
रमेशले कहिले आफूलाई डाक्टर त कहिले कन्द्रीय स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी बताउँथे । भुवनेश्वरी प्रहरीका अनुसार आफ्नो शिकारको मनमा विश्वास पैदा गर्नका लागि उनले थुप्रै नक्कली परिचय पत्र बनाएका थिए ।
यसबाहेक उनीहरु स्वास्थ्य मन्त्रालयको लोगो भएको नक्कली चिट्ठीको पनि प्रयोग गर्दथे । रमेशले विधुभूषण स्वाईं र रमणी रञ्जन स्वाईंको नामबाट नक्कली परिचय पत्र बनाएका थिए जुन उनको गिरफ्तारीका बेला उनको खण्डगिरीमा भएको फ्ल्याटबाट बरामद भए ।
रमेश डाक्टर होइनन् तर उनले कोच्चिबाट पारा मेडिकल, लेबोरेटरी टेक्नोलोजी र फार्मेसीको डिप्लोमा कोर्स गरेका थिए । यसैकारण उनलाई चिकित्सा विज्ञानबारे थोरै जानकारी थियो । यी जानकारी महिलालाई छक्याउनका लागि काम आउँथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल