युुक्रेन नेटोमा समावेश होला कि नहोला ?
रुस र युक्रेनबीचको तनावको सबैभन्दा ठूलो कारण नेटो फोर्स रहेको छ । रुसी राष्ट्रपति पुटिन कुनै पनि मूल्यमा युुक्रेन नेटोमा समावेश भएको हेर्न चाहाँदैनन् । तर अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिंकनका अनुसार रुसको यो चिन्तालाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति बलोडिमिर जेलेन्सकसीले जनमत संग्रह गर्ने विषयमा विचार गरिरहेको प्रतिक्रिया दिएका छन् ।
यो जनमत संग्रहबाटनै युक्रेन नेटोमा समावेश हुन्छ वा हुँदैन भन्ने विषयमा निर्क्योल हुने उनले बताए । विदेशमन्त्री ब्लिंकनले भनेका छन्, ‘युक्रेन रुससँगको तनाव कम गर्नका लागि शान्तिपूर्ण तरिकाको खोजी गरिरहेको छ ।’ यसअघि मंगलबार एन्टोनी ब्लिंकनले रुसी विदेश मन्त्री सर्गेइै लाभरोभसँग भेटघाट गरेका थिए । त्यसपछि दुवै देशबीचको संकट कुटनीतिक समाधानमा सहमति बनेको थियो ।
अमेरिकालाई रुसी सेना फिर्ता हुने विश्वास छैन
रुस र युक्रेनंंबीच लगातार बढ्दो तनावका बीच मस्कोले युक्रेन सीमामा रहेका सैनिक फिर्तीको घोषणा गरेको छ । यद्यपि अमेरिकालाई अझैपनि रुसमाथि भरोसा छैन । ब्लिंकनले एबीसी न्यूजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीलाई अझैपनि रुसी सेनाको स्पष्ट रुपमा फिर्ता हुने विश्वास छैन । यसको विपरित एक ठूलो सैन्य भेला भएको देखिएको छ ।’
नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पनि भनेका छन्, ‘रुस अझैपनि जुन स्थितिमा छ, उसले बिना चेतावनी युक्रेनमा हमला गर्न सक्छ । हामीले रुसी सेना फिर्ता भइरहेको वा सैनिकलाई यताउती घुुमाइरहेको छ भन्ने हेर्न बाँकी नै छ ।’
रुसी सैन्य हतियार पुनः युक्रेनको सीमामा तैनाथ हुन सक्छन्
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिकी आशंका खारेज गरेका छन् । पेशकोभका अनुसार अमेरिका र नेटोले अझैसम्म पनि अवस्थाको सही मूल्याङ्कन गरेका छैनन् । रुसको रक्षा मन्त्रालयले पनि एक भिडियो जारी गर्दै भनेको छ, ‘रुसी ट्यांक र बख्तरबन्द बहानसहित एक रेल क्राइमियाबाट निक्लेको छ । सेना छिट्टै आफ्नो ठाउँमा फिर्ता हुनेछ ।’
रुसको सैन्य गतिविधिमा निगरानी राख्ने रिसर्चर रुस्लान लेभिएभले यी सबै दावीलाई खारेज गरेका छन् । लेभिएभका अनुसार क्राइमियाबाट हटाइएको रुसी सैन्य उपकरणहरु पुनः युुक्रेनको पूर्वी सीमामा तैनाथ गर्न सकिन्छ । तर पेन्टागनका अधिकारीले बुधबार भनेका छन्, ‘गतसाता रुस र अमेरिकाको युुद्धक विमान तीन पटक खतरनाक तरिकाबाट एक अर्कासँग आमने सामुन्ने भए ।’
ती अधिकारीकाअनुसार गत साता रुसको एसयूू–३५ फाइटर जेट र अमेरिकी पी–८ए सर्भिलेन्स विमान एक अर्काको फ्याईङ पाथ पार गरेका थिए । पेन्टागनका प्रवक्ता, जलसेना क्याप्टेन माइक काफ्काले भने, ‘हामीले कुटनीतिक माध्यमको तरिकाबाट रुसी अधिकारीलाई आफ्नो चिन्ताको बारेमा बताएका छौ । भाग्यवस दुवै देशको फ्लाईङ पाथ पार गरेपछि पनि कसैलाई चोट समेत आएको थिएन । तर यस किसिमको घटनाको आंकलनमा गल्ती हुनसक्छ । जसबाट गम्भीर परिणाम आउनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान