शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङको लक्ष्य शीर्ष दुई, आज एकै समयमा दुई खेल हुँदै

बिहीबार, ०५ फागुन २०७८, १० : ३७
बिहीबार, ०५ फागुन २०७८

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल दिउँसो १  बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । त्रिपुरेश्वरस्थित  रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चानछ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ । 

मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा  छ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । जारी लिगमा दुई खेल बाकी रहदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप