प्रचण्डप्रति गगनको कटाक्ष : 'हामी बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गर्दैनौँ'
बिहीबार, ०५ फागुन २०७८, १० : ३२
![प्रचण्डप्रति गगनको कटाक्ष : 'हामी बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गर्दैनौँ'](https://rpcdn.ratopati.com/media/albums/gagan_thapa_Bf05s5IMXr.jpg)
सत्तासीन नेपाली काँग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए । महामन्त्री थापाले भने, ‘काँग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’
थापाले आफूलाई ठीक लागेको विषयमा काँग्रेस सँधै एउटै अडानमा रहने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे । महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस । काँग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा