भारत : विवाहका दौरान इनारमा खसेर १३ जना महिला र बालिकाको मृत्यु

उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति एक विवाहको दौरान १३ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बालिका रहेका छन् । गाउँमा विवाहको ‘हल्दी’ को परम्पराका दौरान इनारको माथि जालीमा बसेर पूजा गरिरहेका थिए । त्यतिबेला जाली टुटेपछि यो घटना भएको भारतीय मिडियाहरुले जनाएका छन् । महिलाहरु चिच्याएको आवाज सनेपछि स्थानीय घटना स्थलमा पुगेर उनीहरूको उद्धार गरेका थिए । उनीहरूलाई अस्पताल पुर्याउँदा १३ जनालाई मृत घोषित गरिएको थियो । सबैको मृत्यु डुबेर भएको बताइएको छ । घटनामा मृत्यु हुने बालिकाहरूको उमेर ५ देखि १५ वर्षको रहेको छ ।
कुशीनगरको नेबुआ नौरगिंगा थाना क्षेत्रमा परमेश्वर कुशवाहको घरमा विवाहको समारोह चलिरहेको थियो । राति १० बजे आसपास ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्परा अनुसार इनारमा पुगेका थिए । इनारमाथि फलामको जालीले ढाकिएको पाएपछि एकै चोटि धेरै त्यहाँ चढ्न पुगेका थिए । भार धेर भएपछि जाली टुट्न पुगेको थियो । त्यहाँ चढेका ३५ जना एकैपटक इनारमा खस्न पुगेका थिए ।
घटनामा २० जनभन्दा बढी घाइते भएको प्रहरीको भनाइ छ । मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति गहिरो शोक प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण