भारतको कीर्तिमानी जित

नयाँ खेलाडीहरूले सुसज्जित भारतले वेस्ट इन्डिजलाई पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । योसँगै भारतले आफूले नै बनाएको कीर्तिमान बराबरी गरेको छ । टी–२० खेलमा भारतको यो लगातार सातौँ जित थियो । यसअघि भारतले नै लगातार सात खेल जितेर कीर्तिमान बनाएको थियो । भारतीय खेलाडीले छक्का हिर्काउँदै जित दिलाएका कारण पनि यो खेल भारतका लागि विशेष रह्यो भने यस खेलमा डेब्यू गरिरहेका खेलाडीले नै प्लेयर अफ म्याचको उपाधि हात पार्न सफल रहे ।
कोलकातामा खेलिएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । एकदिवसीय शृङ्खलामा ३–० ले हारेको वेस्ट इन्डिजले विकेटकिपर निकोलास पूरनको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा सात विकेटको क्षतिमा १५७ रन बनायो ।
त्यस्तै, ओपनर काइल मायर्सले ३१ तथा कप्तान किरोन पोलार्डले नटआउट रहँदे २४ रनको योगदान दिए । भारतले ६ जना बलर प्रयोग गरेको थियो । जसमा भारतका लागि पहिलो खेल खेलिरहेका रवि विश्नोईले किफायती बलिङ गर्दै चार ओभरमा १७ रन खर्चेर २ विकेट लिए । यस शानदार प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच चुनिए । हर्षल पटेलले २ तथा भुवनेश्वर कुमार, दीपक चाहर र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको भारतका लागि कप्तान रोहित शर्मा र ईशान किशनले धमाकेदार सुरुवात दिलाए । पहिलो विकेटका लागि उनीहरूले ४५ बलमा ६४ रन जोडे । शर्मा १९ बलमा ४० रन बनाएर आउट भए । भारतका लागि किशनले ३५, विराट कोहलीले १७ रन बनाए । पछि वेंकटेस अय्यरले १३ रनमा २४ बनाए र अन्तिममा छक्का हिर्काउँदै टोलीलाई जित दिलाए । उता सूर्य कुमार यादवले पनि १८ बलमा ३४ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह