सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलमान खान नेपाल आउने

बुधबार, ०४ फागुन २०७८, २२ : १८
बुधबार, ०४ फागुन २०७८

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो । खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।  उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागेको गुरुङको भनाई रहेको छ । 

सांगीतिक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवालगायत ठूलै टोली नेपाल ल्याउने तयारी ओडीसीको रहेको छ । करिब एकदशक अगाडि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौं ल्याएर भव्य कार्यक्रम गरेको ओडीसीले ०७४ फागुनमा पनि सलमान खान काठमाडौं ल्याउने तयारी गरेको थियो । तर सो समय बिभिन्न कारणले सलमान खानको कार्यक्रम रद्द भएको थियो । बैशाख ३ को कार्यक्रम भने रद्द नहुने गुरुङले जानकारी दिए ।

सलमानलगायत कलाकार ल्याउने बिषयमा कलाकारलाई सम्झौता अनुसार रकम भुक्तानी गर्न ४ करोड पठाउने बिषयमा ओडीसीका गुरुङले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको समेत जानकारी दिएका छन् । 

यस बिषयमा मन्त्रालयका सचिव महेश्वर न्यौपानले भने आफुलाई जानकारी नभएको बताए । केही अगाडि सलमान खान ल्याउने हल्ला मैले पनि सुनेको थिए । तर आधिकारिक जानकार भने छैन । त्यस्तै मन्त्रालयका प्रवत्ता टेकराज पाण्डेले आफु केही दिनदेखि बिदामा रहेकोले यस बिषयमा जानकारी नभएको बताए ।

त्यस्तै प्रर्यटन बोर्डका प्रवत्ता मणि लामिछानेले पनि यस बिषयमा जानकारी नभएको बताए । ‘नेपाल भ्रमण बर्ष २०२० मै सलमान खानलाई हामीले नेपाल ल्याउन चाहेको हो । तर बिबिध कारणले बातवरण मिलेन’ लामिछानेले भने ‘अहिलेको समय सलमानलाई नेपाल ल्याउन सेक अन्तराट्रिय जगतमा नेपाल सुरक्षित छ भन्ने सन्देश जानेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप