आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मूर्ति चोरी गरेको आरोपमा २ जना  पक्राउ

बुधबार, ०४ फागुन २०७८, २१ : ५२
बुधबार, ०४ फागुन २०७८

नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ ।

उनीहरूले ज्याकेटभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप