आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरका भूमिहीन पाए जग्गाको निस्सा

बुधबार, ०४ फागुन २०७८, २१ : ०९
बुधबार, ०४ फागुन २०७८

राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा बाँड्ने अभियान तीव्र पारेको छ । भूमिहीनहरूलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सासँगै जग्गा नापजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिनाले जानकारी दिए ।

यतिबेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तीव्र पारेको तिमिल्सिनाले बताए । सोही अभियान अन्तर्गत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सीना र वडा अध्यक्ष नरेन्द्र कन्दवाले संयुक्त रूपमा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरेका हुन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब जग्गा नापजाँचको कार्यलाई पनि तीव्र ढङ्गले अगाडी बढाई जति सक्दो छिटो भूमिहीनलाई भूमिपति बनाइने बताए । “सुकुम्बासीलाई जग्गा दिन अमिनसहितको टोली फिल्डमा तीव्र रूपमा काम गरिरहेका छन्, अहिले ७ वटा वडामा काम भइरहेको यहाँ पनि ५ दिनपछि नापजाँच हुन्छ,” उनले भनिन् । यस्तै उपमेयर पार्वती शाहले आफूहरूले गरेको बाचा अनुसार निस्सा वितरणसँगै लालपुर्जा वितरण गर्न पाउँदा निकै खुसी लागेको बताइन् । जग्गाको निस्सा पाएपछि स्थानीयवासी उत्साहित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप