आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो, के गर्ला निगमले ?

बुधबार, ०४ फागुन २०७८, २० : २३
बुधबार, ०४ फागुन २०७८

नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रही पुनः निरन्तर बढ्दै गएको बताएको छ । निगमका अनुसार कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पोरेशन फागुन ४ गते नयाँ मूल्य पठाएको जानकारी दिएको हो ।

प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु. ५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको निगमको भनाइ छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब रू. २ अर्ब ४१ करोड घाटा हने स्थिति देखिएको निगमको भनाइ छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू. २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले बताएको छ । प्रति महिना निगमले रू. ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि बताएको छ । पछिल्लो समय नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोषबाट समेत रू. १ अर्व ८० करोड प्राप्त गरी निगमले ईण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप