शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रेयस बने कोलकाताको कप्तान

बुधबार, ०४ फागुन २०७८, २० : ११
बुधबार, ०४ फागुन २०७८

शाहरुख खानको आईपीएल टोली कोलकाता नाइट राइडर्सले बुधबार श्रेयस अय्यरलाई उनको टोलीको नयाँ कप्तान घोषणा गरेको छ । कोलकाताले ट्वीटर मार्फत यसको जानकारी दिएको हो ।

कोलकाताले हालै भएको लिलामीमा अय्यरलाई १२.२५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । कोलकाता श्रेयसको दोस्रो आईपीएल टीम हो । यसअघि उनी दिल्ली क्यापिटल्सको कप्तान थिए । सन् २००८ मा सौरभ गांगुली कोलकाताको पहिलो कप्तान बनेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप