एमसीसी पारित भएन भने देशको विश्वनियता नै रहन्न : नेता निधि
नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधि एमसीसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।”
एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमसीसी बिजुलीको प्रशारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्दै उनले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताए ।
लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको उल्लेख गर्दै नेता निधिले एमसीसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गरे। पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जुट्न नेता कार्यकर्तासँग आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण