आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तरुण दलका नेता  माओवादीमा प्रवेश

बुधबार, ०४ फागुन २०७८, १९ : ०६
बुधबार, ०४ फागुन २०७८

काँग्रेस निकट तरुण दलका केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बुधबार तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी नारायण यादवसहितका नेता कार्यकर्तालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । 

काँग्रेस छाडेर माओवादी प्रवेश गर्नेहरुमा लक्ष्मीनारयणसहित उदयपुर सिमेन्ट कारखानका पुर्वजीएम नवलकिशोर शाह,काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादव रहेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप