बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने
बुधबार, ०४ फागुन २०७८, १८ : २४
बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको हो ।
सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलिय वैठकमा फागुन १५ गते पुन: सर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको हो ।
प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार वैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । ‘अब बैठक बस्छ । कार्यसूची बैठक अगाडि नै तय गरिनेछ’, खड्काले भने ।
पछिल्लो समय प्रदेशसभाको बैठक राख्ने विषयमा सरकार र सत्तापक्षवीच मतभेदको अवस्था सिर्जना भइरहेको थियो । प्रदेशसभाको बैठक पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव