सिभिल बैंक र एफवन सफ्टबीच सम्झौता
बुधबार, ०४ फागुन २०७८, १७ : ५१
सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ प्रभावकारी बनाउन सम्झौता भएको बताइएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवनका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।
बैंकले मोबाइल बैकिङ्ग सुविधालाई अझ सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो । अब गरिने स्तरोन्नती पश्चात बैंकका ग्राहकहरुले मोबाइल एपमार्फत नै बैंक खाता खोल्न,पैसा पठाउन, पैसा जम्मा गर्न, बैंक लोनजस्ता सेवाहरु लिन सक्छन् । बैंकले करिब सात लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु