शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै क्यान्सर रोग विरुद्धको औषधि उत्पादन

बुधबार, ०४ फागुन २०७८, १७ : ४७
बुधबार, ०४ फागुन २०७८

नेपालमा पहिलोपटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) उत्पादन गर्न थालिएको छ । टिजिग फर्मा प्रालि क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले स्वदेशभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको बताए ।

उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए । वैद्यले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी टिजिग भएको दाबी समेत गरे ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टान्डर्ड, नेपालको प्रविधि हस्तान्तरणसम्बन्धि ऐन र औषधि उत्पादन निर्देशिकामा आधारित भई क्यान्सरको औषधि उत्पादन गरेको वैद्यको दावी छ ।  उनले कम्पनीको उत्पादन विश्वस्तरकै रहेको जिकिर समेत गरे ।

एसपीएएल (डब्लुएचओ जीएमपी, इयुजीएमपी सर्टिफाईड) समेतको व्यवस्थापन तथा निगरानी हुने भएकाले औषधिको गुणस्तर नियन्त्रण र नियमनमा विश्वसनीय आधार रहेको उनको भनाइ छ । बजारमा टिजिगका उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा छन् । सो कम्पनीले इन्जेक्सनमा आधारित भइ चाँडै औषधी बनाउने योजना रहेको समेत निर्देशक बैद्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप