बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बैशाखमा रिलिज हुँदै ‘लाइफ इन एलए’

बुधबार, ०४ फागुन २०७८, १७ : १८
बुधबार, ०४ फागुन २०७८

अमेरिका र नेपालमा छायाङ्कन भएको फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माण युनिटले बुधबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै ९ बैशाख प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको हो । ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रहेको फिल्म सुर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेका फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको छ । कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । फिल्मका निर्देशक सुर्य एन श्रेष्ठ हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप