बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध 'वारेन्ट' जारी
बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ ।
जाहेरी लगत्तै अनुसन्धान थालेको प्रहरीले बानियाँविरुद्ध पक्राउ पुर्जी लिएको हो पक्राउ पुर्जी लिएलगत्तै अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले बताएको छ । सूचना अधिकारीसमेत रहेका डिएसपी न्यौपानेका अनुसार प्रहरीमा जाहेरी परेलगत्तै सांसद बानियाँले सम्पर्क गरी आफ्नो कुनै गल्ती नभएको र अनुसन्धानलाई सघाउने बताएका थिए । यद्यपि उनी प्रहरी कार्यालयमा भने नआएको प्रहरीको भनाइ छ ।
पक्राउ पूर्जी जारी भइसकेपछि भने बानियाँसँग सम्पर्क भएको छैन । बानियाँ रहेको स्थानको प्रहरीसँग समन्वय गरी बानियाँलाई बाँके ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने पनि प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान