सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १६०० जना संक्रमणमुक्त हुँदा ६३९ जनामा कोरोना पुष्टि

बुधबार, ०४ फागुन २०७८, १६ : ३२
बुधबार, ०४ फागुन २०७८

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप