शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साढे ४ घण्टापछि शान्त भयो बानेश्वर क्षेत्र

बुधबार, ०४ फागुन २०७८, १५ : ३८
बुधबार, ०४ फागुन २०७८

बिहान ११ बजेदेखि सुरु भएको  एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको छ । संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो ।

झडपका ३ प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् भने १२७ जना पक्राउ परेका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको थियो ।  सो क्षेत्र अहिले शान्त भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप