सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तस्बिरमा बानेश्वर क्षेत्रको तनाव : आन्दोलनकारीमाथि अश्रुग्यास र पानीको फोहरा हानियो

बुधबार, ०४ फागुन २०७८, १५ : ३६
बुधबार, ०४ फागुन २०७८

सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै आक्रोशित बनेका विभिन्न राजनीतिक दलको प्रदर्शनले बुधबार राजधानीको बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन, राप्रपाको भ्रातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका साथै ५ वटा साना कम्युनिस्ट पार्टी समेतको छुट्टाछुट्टै प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । 

प्रतिनिधिसभामा एमसीसी टेबुल नगर्न दवाव दिँदै भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दा झडपको स्थिति सिर्जना भयो भने सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् भने दर्जनौँ पक्राउ परेका छन् । 
झडपका क्रममा प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न दर्जनौँ सेल अश्रु ग्यास र पानीको फोहोरा समेत प्रयोग गरेको थियो । आन्दोलनका कारण बानेश्वर क्षेत्रको यातायात ठप्प बन्यो भने करिब ४ घण्टापछि आन्दोलनकारी घरतर्फ लागेसँगै साढे ३ बजेदेखि अवस्था सामान्य बनेको छ । 

यसैबीच आजको संसद बैठकमा एमसीसी टेबल हुन सकेन । चौतर्फी विरोध र सत्तारुढ गठबन्धनमै सहमति हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्नबाट पछि हटेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप