आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेप्सेमा फेरि दोहोरो अंकको गिरावट

बुधबार, ०४ फागुन २०७८, १५ : १८
बुधबार, ०४ फागुन २०७८

सेयर बजार परिसूचक नेप्सेमा बुधबार पुनः दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ । यस्तै यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ४७ अंकले घट्दै ५१८ दशमलव ६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ । 

आज निर्जीवन बीमा र अन्य समूह अन्तर्गतको उपसूचक बाहेक बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् ।  १९ अंक माथिले बजार घटेसँगै यस दिनयता कारोवार रकम समेत घटेको छ । नेप्सेका अनुसार आज साढे ५६ लाख माथिको सेयर बजारमा ३९ हजारभन्दा बढी पटक किनबेच हुँदा जम्मा तीन अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन यस्तो कारोबार ५३ अंकले बढेको बजारमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप