आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

७० लाख घुस लिने वन अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर

बुधबार, ०४ फागुन २०७८, १९ : ००
बुधबार, ०४ फागुन २०७८

 जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ ।

घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रको छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी लिएको छ ।

वन अधिकृत मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट थाहा भएको छ । ग्याल्जेनबिरुद्ध पनि २५ लाख बिगो मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप