बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतका राजदूत आचार्यले लिए राष्ट्रपतिबाट शपथ

बुधबार, ०४ फागुन २०७८, १८ : ००
बुधबार, ०४ फागुन २०७८

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । 

उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारको निर्णयानुसार राष्ट्रपतिले यसअघि नै आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप