आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा ३ एआईजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

बुधबार, ०४ फागुन २०७८, २० : ००
बुधबार, ०४ फागुन २०७८

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ ।

सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् । मन्त्रिपरिषद्मा पेश गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरिएको छ ।

अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ पनि एआईजी राख्न प्रस्ताव गरिएको छ । दरबन्दी थप भएसँगै बढुवा हुने ३ जना एआईजीहरुले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । अहिलेका आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

आधा दर्जन प्रतिस्पर्धामा
प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर थप गर्न लागिएको एआईजी पदमा बढुवा हुन आधा दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् । मेरिट लिस्टको १ नम्बरमा घनश्याम अर्याल छन् । केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।  डीआईजीहरू प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, वसन्त लामा, रविन्द्र धानुक र उत्तमराज सुवेदी एआइजी हुने दौडमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप