सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनादेखि मन्त्रीविहीन रक्षा मन्त्रालय

बुधबार, ०४ फागुन २०७८, १९ : ००
बुधबार, ०४ फागुन २०७८

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले पुस १ मा रक्षामन्त्रीबाट राजीनामा दिए । काँग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै डा.रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । डा.रिजालले राजीनामा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्री नियुक्त गरेका छैनन् । दुई महिना देखि रक्षा मन्त्रालय मन्त्री विहीन छ । प्रधानमन्त्रीले सो मन्त्रालय आफैंसँग राखेका छन् ।

मन्त्रीबाट राजीनामा दिने उनको निर्णयलाई धेरैले निकै चासोको रुपमा जिज्ञासा राखेका थिए । धेरै मतान्तरले महामन्त्री पदमा हारेपछि उनले आम चासोबारे यस्तो जवाफ दिए– ‘आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन्, चार वर्ष काँग्रेस चल्नुपर्छ त्यसका लागि मेरो यो रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय उपयुक्त छ ।’  

१४ औं महाधिवेशनमा आफुलाई सभापतिमा सघाएका प्रकाशमान सिंहलाई प्रधानमन्त्री देउवाले उप–प्रधानसहित एउटा मन्त्रालय दिने बचन दिएको बताइएको छ । प्रधानमन्त्रीले सिंहलाई उपप्रधान तथा रक्षा मन्त्रीमा नियुक्त गर्ने चर्चा कांग्रेस वृतमा चलेको छ । तर, देउवाले अहिलेसम्म मन्त्री नियुक्त गरेका छैनन् ।

रक्षा मन्त्रालय नेपाली सेनाको विभागीय मन्त्रालय हो । विभागीय मन्त्री नहुँदा विभागीय प्रमुखहरुले भेट्न र मन्त्रालयका समस्याबारे छलफल गर्न पाएका छैनन् । मन्त्रालयको जरुरी काममा रक्षा सचिव किरणराज शर्माले प्रधानमन्त्रीसँग समन्वय गर्छन् । तर, समय व्यवस्थापनमा समस्या हुने गरेको मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव कृष्णप्रसाद ज्ञवालीले विभागीय मन्त्री नहुँदा काम नै रोकिने गरी बाधा नपरेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप