बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भिड्दै ‘केजीएफ २’ र ‘जर्सी’

बुधबार, ०४ फागुन २०७८, १४ : २२
बुधबार, ०४ फागुन २०७८

अभिनेता शाहिद कपुरको फिल्म ‘जर्सी’ फिल्म ‘केजीएफ २’ सँग भिड्ने भएको छ । ‘जर्सी’ ले रिलिज मिति १४ अप्रिल घोषणा गरेसँगै यी दुबै भिड्ने पक्का भएको हो । फिल्म रिलिजको जानकारी अभिनेता शाहीले सामाजिक सञ्जाल मार्फत गराएका छन् । शाहिदले लेखका छन्, ‘यो घोषणा गर्दा निकै खुसी लागेको छ । हाम्रो प्रिय फिल्म ‘जर्सी’ १४ अप्रिल २०२२ मा हुँदैछ ।’

यसअगाडि साउथको फिल्म ‘केजीएफ २’ ले १४ अप्रिल आफ्नो प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको थियो । यो फिल्मको प्रतिक्षा समेत दर्शक लामो समयदेखि गरिरहेको छन् । ‘जर्सी’ यस अगाडि गत ३१ डिसेम्बर रिलिज हुने तयारीमा थियो । तर कोरोना भाइरसको तेस्रो लहरका कारण फिल्म रिलिज हुन सकेन ।

‘जर्सी’ तेलुगूको सुपरहिट फिल्मको हिन्दी रिमेक हो । फिल्म ३६ बर्षको एक युवकको कथामा आधारित छ । जसको ६ बर्षको छोरा छन् । तर पनि क्रिकेट खेल सुरु गर्छन् । किनभने उनलाई त्यही मात्र आउँछ । फिल्म राष्ट्रिय अवार्ड विजेता निर्देशक गौतमले गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप