फागुन ६ मा संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।
‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने ।
एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उनको भनाइ छ । मन्त्री बडूले भने, ‘एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । संसदमा छलफल हुनुपर्छ । हामी टेबल गर्ने निर्णयमा पुगिसकेका छौं ।’
सडकमा भइरहेको बहसलाई टुंग्याउन संसदमा एमसीसी टेबल गर्नुपर्ने उनले बताए । उनले भने, ‘सडकको बहसले यसको टुंगो लगाउन सक्दैन । त्यसैले यसलाई टुंग्याउँला भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव हो । एमसीसीलाई संसदमा टेबल गराउने हाम्रो उदेश्य हो ।’ एमसीसीमा तत्कालीन माओवादी, एकीकृत समाजवादी र जसपा कुनै न कुनै रुपमा जोडिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यावधिमा धकेल्ने प्रयास भइरहेको छ: मुख्यमन्त्री अधिकारी
-
इजरायलले अल जजिरा च्यानलमाथि लगायो प्रतिबन्ध
-
मुख्यमन्त्रीमा केदार कार्की नरहने कांग्रेसको निष्कर्ष, अदालत गए सहयोग गर्ने
-
विकास निर्माणको काम गर्न पूर्वाधार निर्माण कम्पनी बनाउनुपर्छ: मन्त्री गिरी
-
कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिविका प्राध्यापकको निधन
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?