शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित ४२ जना पक्राउ

बुधबार, ०४ फागुन २०७८, १४ : ०४
बुधबार, ०४ फागुन २०७८

एमसीसीको विरोध प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।

उपमहासचिव नरेश न्यौपानेले रातोपाटीलाई दिएको जानकारीअनुसार  उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र शाह, कल्याण दाहाल, मेघनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा, मिलन राई र सचिव मनिषा कार्की लगायत ४२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगर नेपाल पुलिस क्लबमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप