देउवा–प्रचण्ड भेटपछि कार्यव्यवस्था परामर्श समिति बैठक : कार्यसूची शोक प्रस्तावमै सिमित
बुधबार, ०४ फागुन २०७८, १३ : २३
संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गरेको छ । आजको बैठकको कार्यसूचीमा एमसीसी राख्ने भनिए पनि सम्भावित कार्यसूचीलाई नै अनुमोदन गरेको हो ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज एमसीसी टेबल नगर्ने सहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सम्भावित कार्यसूचीलाई अनुमोदन गरेको छ ।
एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६ मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो । तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण