देउवा–प्रचण्ड भेटपछि कार्यव्यवस्था परामर्श समिति बैठक : कार्यसूची शोक प्रस्तावमै सिमित
बुधबार, ०४ फागुन २०७८, १३ : २३

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गरेको छ । आजको बैठकको कार्यसूचीमा एमसीसी राख्ने भनिए पनि सम्भावित कार्यसूचीलाई नै अनुमोदन गरेको हो ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज एमसीसी टेबल नगर्ने सहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सम्भावित कार्यसूचीलाई अनुमोदन गरेको छ ।
एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६ मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो । तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै