आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अर्को लघुवित्तको आईपीओ पनि निष्काशनको लाइन

बुधबार, ०४ फागुन २०७८, १३ : १९
बुधबार, ०४ फागुन २०७८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी रहेको छ । कम्पनीले यहीँ फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
एकसय रुपैयाँ अंकित ८ लाख २८ हजार ७५० कित्ता मध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुनिश्चित गरिएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयरका लागि भने सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।

यद्यपि, लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

फागुन ११ गतेदेखि निष्काशन हुने कम्पनीको आईपीओ मा इच्छुक लगानीकर्ताले छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म (तोकिएको समयमा माग गरे बमोजिम आवेदन नपरेमा) आवेदन दिन सक्ने छन् । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ प्राप्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप